नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Tuesday, November 10, 2009

पर्खी बस सानु ..........

पर्खी बस सानु तिमी, डोली लिई आउने छू.
चुरा-पोते, टिका-धागों, चोली लिई आउने छू..


रंग्याऊला जिंदगी यो, सप्तरंगी इन्द्रेणिले.  
जीवन मा अब तिम्रो, होली लिई आउने छू.. 


तडपिनु त तडपिसक्यौ, अब कती टाढा हुने.
मायालु यो ब्याबहार, बोली लिई आउने छू...


बिगदमा जस्तो होइन, अब नया भएको म
सुनौलो त्यों प्रभातको, भोली लिई आउने छू..!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..