क्यहो सानु तिमी आज, मसँगनै तर्किदै छौ.
कुरा गर्छौ एतातिर, उतैतिर फर्किदै छौ......!!
भूल भयो म बाट के, आजै भानिदेऊ बरु.
होइन भने किनतिमी, मसँगनै झर्किदै छौ..!!
मुटु हुन्छ छिया-छिया, तिम्रो एस्तो ब्याबाहर
हल्लासुन्छू साच्चैहोकी, अर्कैतीर सर्किदै छौ...!!
धोकादिने मनतिम्रो, कतिहोला निष्ठुर त्यों..
हेर आज आंसुबनी, आंखाबाट दर्किदै छौ.....!!!!!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment