नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Tuesday, December 8, 2009

गजल-मेरो गन्थन



गजल एऊटा तेस्तो बिधा हो जसले मन मा झंकार पैदा गर्छ ! वास्तबमा गजलकार को सफलता र असफलता भन्नु नै मन भित्र हलचल पैदा गर्न सक्नु र न सक्नु संग सम्बंधित रहन्छ ! यो गीय बिधा भएकोले स्पस्ट र सरल हुनु अत्त्याबस्यक हुन्छ ! कुनै-कुनै गजलहरु जटिल भासा मा भेटिनछन जसको अन्य पक्ष्य अत्तयंत सबल भयेपनी सरल भाषा को अभाभ ले गर्दा खासै श्रोता को मन जीतन सकेको देखिदैन ! यो बिधा पढ्न र गाऊन मिलने भएकोले होला निरंतर बढ्दो अबस्थामा रहेको छ !

बुलबुल-रात्रि मा गीत गाऊने एक ईरानी चरा, भनिन्छ येसैको बिरही स्वोर को पीछा मानिस ले गजल मा गरेको छ ! इरान देखि नेपाल लागयत विशो को येत्र गर्दा गजल ले पनि ठुलो फड्को मारेको छ ! जब साम्स-कैस, जसको पालामा गजल लाई "स्त्री संगको वार्ता"को रूप मा मात्र लिईने गजल बिधा आज देश, समाज, क्रांति, लगायेतका पक्ष्य समेटन सफल हुनु ले येसको सफलता दर्शाऊछ !

Tuesday, November 24, 2009

एक मुक्तक

पिरातिको विरुवामा   विस सींचे जस्तो भयो
कीन आज तिम्ले फेरी सीमा मीचे जस्तो भयो !!

तारा झर्यो जुन झर्यो सगरको सूर्य झर्यो
आकाशनै झरिकन मुटु थिचे जस्तो भयो !!!!!

२०६२-११-०८ सोमबार

जवानी खुलेको, तिमीमा चढ़ाए
म आफै घुलेको, तिमीमा चढ़ाए !!

म भक्ति गरुला, तिमी हौकी? देवी
जे पाए फूलेको, तिमीमा चढ़ाए !!

नसायो त्योतिम्रो, मुटुमा शाह्रो भो 
त माया झुलेको, तिमीमा चढ़ाए !!

लुकाई म राखी, बसेको छू माया
मुटुमा हुलेको, तिमीमा चढ़ाए !!

बेहोसी बनायौ, ती आखा जुधाई 
अरुमा भुलेको, तिमीमा चढ़ाए !!!

Saturday, November 14, 2009

२०६५/०३/११-०९:१७

गुलाबिती तिम्रा, अधरको बयान.
हेर्दै मात लाग्ने, नजरको बयान..!!

सिम-सीमे झरिमा, मिठो कल्पनामा.
तिमी संगै गरेको, सयरको बयान...!!

निद्रा भाग्यो कहाँ, प्यालाको यो लाम.
चुस्की लिने त्यही, प्रहरको बयान...!!

मधुर    दीपको ,  सुनौलो     प्रकाश..
आत्मीयता को त्यो, सफरको बयान...!!!!

Friday, November 13, 2009

२०६४/०४/०६-२३:१५

गुलाबको रंग चोरी, लाली छर्यौ सुबदना,
मन-मुटु लियौ मेरो, मोहा गर्यौ सुबदना..!!

पिऊदैछु  तिम्रोसाथ , सुराहरू यों निसमा.....
प्रणयका मदिराले, प्याला भर्यौ सुबदना....!!

प्यासी तिम्रा अधरका, बातहरू मीठा-मीठा..
ह्रीदययो  चोर्यौ   तेंही,  बास सर्यौ सुबदना....!!

फूल भन्नु तिमीलाई, होला तिम्रो अपमान..
फूल भन्दा सुन्दर मेरो, प्रीत पर्यौ सुबदना....!!!!

Thursday, November 12, 2009

२०६३/१२/०५-२२:४३

नजर  जुधेर  लजायौ
मुटुमा लुकेर लजायौ.!!

मीठाती अतीत मा तिमी
बहाना बुझेर लजायौ...!!

खुलदुली मुटुका मेटने
शब्द यी सुनेर लजायौ..!!

बगान गुलाबी फूलको
येसैमा भुलेर लजायौ...!!

कम्पित अधर देखेंथे
खै कता छुपेर लजायौ..!!

नसायो मायाको शाह्रो भो
हो मिठो दु:खेर लजायौ..!!

चाहेथ्यौ यो ज्यान  तिम्रो भो 
लक्ष्य मा पुगेर लजायौ...!!!!!!!

सानु तिमी ...२०६३

क्यहो सानु तिमी आज, मसँगनै तर्किदै छौ.
कुरा गर्छौ एतातिर, उतैतिर फर्किदै छौ......!!

भूल भयो म बाट के, आजै भानिदेऊ बरु.
होइन भने किनतिमी, मसँगनै झर्किदै छौ..!!

मुटु हुन्छ छिया-छिया, तिम्रो एस्तो ब्याबाहर
हल्लासुन्छू साच्चैहोकी, अर्कैतीर सर्किदै छौ...!!

धोकादिने मनतिम्रो, कतिहोला निष्ठुर त्यों..
हेर आज आंसुबनी, आंखाबाट दर्किदै  छौ.....!!!!!!

खोजी गर्नुहोस.. साथ मा गूगल ..